तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण, कार्यालय बन्द

भद्रपुर, झापा । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा भर्ना हुनुभएका उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वाब परीक्षण गर्दा अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताउनु भयो । अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पीसीआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ भने अत्यावश्यक कामबाहेक अरु सेवा बन्द गरिएको पनि चापागाईंले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष भुजेलले सबैलाई स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना भाइरससँग बँच्न अनुरोध गर्दै आफू छिट्टै निको भएर जनताको सेवामा लाग्ने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button