तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले  मुख्यमन्त्री र मन्त्रीहरूको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बुधवार बिहान बसेको मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दशै भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
तलब बराबर आउने भत्ता प्रदेश सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको तलब ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीको ६० हजार तीन सय २० रुपैयाँ तलब रहेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button