तपाईँ सुन्दै हुनुहुन्छः

विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागी यस वर्ष २० लाख बजेट विनियोजन गरिएको छ ।
विष्णु मन्दिर आउने दर्शनार्थी, भक्तजन र स्थानीयका लागी केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बहुउपयोग हुने गरी योग तथा ध्यान केन्द्र बनाउन लागिएको बताउनु भएको छ ।
भीमदत्त नगरपालिकाले विष्णु मन्दिर साकेतधाम क्षेत्रको गुरु योजना बनाएर धार्मिक पर्यटकीय विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख विष्टले बताउनु भएको छ । रौटेला देखि ब्रह्मदेव सम्म जैविक धार्मिक पर्यटकीय माग निर्माण गरी सबै धार्मिक पर्यटकीय स्थललाई जोडिएको उल्लेख गर्दै उहाँले पूर्णागिरी माता दर्शनार्थीलाई विष्णु मन्दिरधाम पुर्‍याइने बताउनु भएको छ ।
विष्णु मन्दिर क्षेत्रमा धर्मशाला निर्माण, पोखरी मर्मत सम्भार, परिक्रमा पथ सुधार लगायतलाई प्राथमिकता दिइएको र उक्त क्षेत्रमा भ्यु टावर बनाउन सम्भाव्यता अध्ययन समेत गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button