तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीद्वारा दशैभत्ता फिर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरुले दशै भत्ता फिर्ता गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले मुख्यमन्त्री र मन्त्रीहरुले दशैभत्ता फिर्ता गर्नु भएको जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कोेभिड–१९ संकटको घडीमा अतिरिक्त भत्ता लिनु उचित नदेखिएकाले दशै भत्ता फिर्ता गरिएको बताउनुभयो ।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरुको खातामा दशैभत्ता जम्मा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button