तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा एक वडाध्यक्षद्वारा दशैं भत्ता फिर्ता

रोल्पा । संघीय सरकारमा रहेका विभिन्न संसद र मन्त्रीहरुले आफुले पाएको दशैँ भत्ता फिर्ता गरिरहेको अबस्थामा स्थानीय तहमा गाउँपालिकाले प्रदान गरेको सोही शीर्षकको रकम रोल्पा जिल्लामा पहिलोपटक सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गंज बहादुर क्षेत्रीले पनि फिर्ता गर्नुभएको छ ।

मोटरसाइकल दुर्घटनामा परी बेड रेस्टमा रहनुभएका वडा अध्यक्ष क्षेत्रीको मोबाइलमा रकम जम्मा भएको एसएमएस र गाउँपालिकाद्वारा उक्त रकम लुम्बिनी प्रदेश सरकारको निर्णयबमोजिम चाडपर्व खर्चस्वरुप रु १२००० जम्मा गरिदिएको जानकारी पाए लगतै उक्त रकम फिर्ता गरी विपदमा परेका व्यक्तिहरुको सहयोगार्थ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको ग्लोवल आइ एम इ बैङ्क मा रहेको खाता नम्बर ८२०४०१००००००७ मा जम्मा गर्नुभएको हो ।

वडाध्यक्ष क्षेत्रीले यसअघि पनि पाएका सेवासुविधाहरु वडामा सञ्चालित सडक मर्मत, गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोग जस्ता काममा खर्च गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button