तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मन्त्री भूषाल

जनकपुरधाम । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य आवश्यक भएको बताउनु भएको छ ।

मन्त्री भूषालले धनुषा जिल्लाको कमला नदिले उकास गरेको जग्गाको स्थलगत निरीक्षण तथा अवलोकनपछि कमला नगरपालिकाले आज आयोजना गरेको किसान भेलामा बोल्दै जनताको हजारौ विघा जग्गाको उपयोग गर्नका तीन वटै तहका सरकारले काँधमा काँध मिलाएर अगाडी बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाले कमला नदिले उकास गरेको जग्गाको कृषिमा उपयोग गर्नका लागि संघीय सरकारले गर्न सक्ने सवै प्रकारको सहयोग गर्नका लागि तयार रहेको बताउनु भयो ।

उहाले मुलुकमा कृषि उत्पादन बढ्न नसकेका कारणले वर्षेनी रुपमा खाद्यान्न बाली अन्य मुलुकवाट आयात गरेर अरबौ रकम विदेशीरहेको चर्चा गर्दै वर्तमान सरकार कृषि उत्पादन बढाउनका लागि सवै प्रकारको सहयोग किसानलाई गर्नका लागि तयार भएको बताउनु भयो ।

उहाले चाडै नै कमला नदिले उकास गरेको जग्गाको सदुपयोग गर्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ सहितको टोली स्थलगत रुपमा पठाउने पनि बताउनु भयो ।

प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले कमला नदि उकास जग्गाको सदुपयोग गरेर प्रदेश सरकारले प्रदेशकै गौरवको योजना बनाउनका लागि तयार भएको बताउनु भयो ।

कमला नगरपालिकाका प्रमुख रामउद्गार गोईतको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र झाले कमला नदिले उकास गरेको जग्गाको सदुपयोग गरेको खण्डमा यस क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने व्यापक सम्भावना रहेको बताउनु भयो ।

२०६४ सालमा आएको बाढीले तटबन्ध भत्काएर कमला नदि कृषि योग्य जग्गामा पस्दा १४ हजार विघा जग्गामा क्षति गरेको र अहिले सो जग्गा बाँझो बनेपछि मन्त्री भूषास सहितको विज्ञहरुको टोलीले स्थलगत अनुगमन गरेर उपयोगका बारेमा जानकारी लिनु भएको छ ।

खास गरेर उक्त जग्गालाई कृषिबाली, माछा तथा पशुवाली एवं फलफूलका लागि उपयोग गर्ने सम्भावना रहेको कृषि विज्ञ एवं बरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button