तपाईँ सुन्दै हुनुहुन्छः

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाद्धारा प्याब्सन र एन प्याब्सन बिरूद्ध उजुरी दर्ता

झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सनसहित निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।

प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय संञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अस्विकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।

उजुरी समितिका संयोजक राजु वरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो ।

उजुरी पत्र बुझ्दै प्रमुख आचार्यले प्रचलित ऐन कानुन विपरित जाने जुनसुकै निकाय कानुनी दायरामा आउने प्रष्ट पार्दै झापाका निजी विद्यालय तथा तिनका छाता संगठनलाई तत्काल ऐन नियमको परिधिमा ल्याउने प्रष्ट पार्नुभएको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका झापाका अधिकांस विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनाकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले प्रचलित नियम कानुनलाई समेत चुनौति दिने गरी व्यवहार प्रस्तुत गरिरहेको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button