तपाईँ सुन्दै हुनुहुन्छः

असई र प्रहरी जवानको परिवारलाई २/२ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

अत्तरिया कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका दुबैका परिवारलाई प्रदेश सरकारले आज २/२ लाख दिने निर्णय गरेको हो ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्दती खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिनुभयो ।

शनिबार साँझ डिउटिमा गएका बेला असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका थिए । असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदिमा फेला परेको थियो ।

घटना भए लगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले उच्च प्रहरी अधिकारीहरुलाई कार्यालयमै बोलाएर तत्काल घटनाको सत्य तथ्य सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो । सोही प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जना लेनै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मृतकका परिवारलाई भेटेर प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।

मन्त्री बोहराले पीडित पक्षलाई आश्वासन दिएको भोली पल्टै प्रदेश सरकारले २/२ लाख दिने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button