तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

तनहुँ । तनहुँका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–१ का ६८ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कार्तिक ५ गते बुधबार साँझ ६ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसंगै तनहुँमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button