तपाईँ सुन्दै हुनुहुन्छः

बलि गर्न नपाईने


बैतडी । कोरोना संक्रमण फैलिने डरले बैतडीका शक्तिपीठमा भिडभाड गरि बलि गर्न नपाईने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा हिजो वसेको सर्वपक्षीय बैठकले सात वहिनी भगवती मन्दिर, उदयदेव मन्दिर लगायतका शक्तिपीठहरुमा बलि गर्न नपाईने निर्णय गरेको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीका दिन ६८ वटा राँगा र बोकाको बलि गर्ने परम्परा रहेकाले यस वर्ष कोरोना संक्रमण फैलिने डरले बलि गर्न नपाईने निर्णय गरेको निङ्गलाशैनी मन्दिर व्यवस्थापन समितिका सदस्य रमेश वोहराले वताउनु भयो ।

त्यसै गरि नेपाल र भारतका सयौँ भक्तजनहरुले राँगा र बोकाको वली गर्ने मेलौली भगवती मन्दिरमा पनि कोरोना संक्रमण फैलिने डरले बलि नगर्ने निर्णय गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्ण सिह नायकले वताउनु भयो ।

बैतडीका ७ वहिनी भगवती मन्दिर, उदयदेव ठाकुर मन्दिर, कालिका मन्दिर लगायतका शक्ति पिठमा नवरात्र अवधि भर हजारौँ राँगा र बोकाको वलि गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button