तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी पुगेपछि स्थानीयमा खुसीयाली

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं.४ को मम्मे गाँउको घरआँगनमै खानेपानीको धारा जडान भएपछी गाउँभरी खुसी मनाउन थालेका छन् ।

गाउँमा खानेपानी पुगेपछि स्थानीयहरुले बाजागाजा सहित गाउँपालिकाका अध्यक्ष कबिन्द्र विष्टसंगै अविर जात्रा गरी खुसियाली मनाएका छन् ।

लामो समयदेखी खोनपानीको अभाव झेल्दै आएका मम्मे गाउँका करिब १ सय ५० घरपरिवारले करिब अढाई घण्टा हिँडेर खानेपानी बोक्नुपर्ने बाध्यता सोलार लिफ्ट प्रविधि जडानसंगै गाउँमा खानेपानी पुगेपछि अन्त्य भएको छ ।

२०५१ सालमा गाउँभन्दा करिब ५ किलोमिटर टाढा रहेको रैडामुलबाट पानी गाउँमा पु¥याएर ६ वटा धारा निर्माण गरिएको थियो तर उक्त पानीको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको समस्या भएको तत्कालिन बेलापुर गाविस वडा अध्यक्ष एवं स्थानीय कमल सिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो पानीको मुहाउन एउटै मात्र रहेको र त्यही मुहान पानी सुक्दै गएको र ठाउँ ठाउँमा पानीको पाइप फुटेको हुँदा गाउँमा पानीको समस्या भएको हो ।

सोलार लिफ्ट प्रविधि पहिलो पटक देखेका छौ, गाउँमा पानी त पुग्यो तर दिर्घकालीन कति हुने हो थाहा नभएको कमल सिह रावलको भनाई छ । करिब २० वर्षदेखी खानेपानीको समस्या झेल्दै आएका मम्मे गाउँका जनताहरुको लागि कोराल खोला नजिक सकालय नदिबाट सोलार प्रविधि जडान गरी करिब साढे ३ सय मिटर उचाईमा लिफ्ट मार्फत पानि तानिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो—करिब ६८ लाखको लागतमा गाउँमा २४ वटा धारा निर्माण सहित सोलार लिफ्ट मार्फत खानेपानी गाउँमा पु¥याइएको हो । गाउँ माथीको डाँडामा १३ हजार लिटर क्षमताको ट्याँकी निर्माण गरि गाउँभरी पानी वितरण भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button