तपाईँ सुन्दै हुनुहुन्छः

चौरपाटी गाउँपालिका टोल–टोलमा बिद्युत पुर्‍याईदै

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले टोल–टोल विद्युत विस्तारको कामलाई तिब्रता दिएको छ । गाउँपालिका भित्रका सात वटै वडामा गाउँपालिकाले विद्युत विस्तारको कार्यमा अग्रसरता देखाएको हो । विद्युत विस्तारकै क्रम गाउँपालिकाले बुधबार वडा नम्बर १ सिउडीको खान्डाँडाँ टोलमा बिजुली पुर्याएको छ ।

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले गाउँपालिका भित्रका सबै वडामा विद्युत विस्तार गर्ने काम तिब्र रुपमा भईरहेको जानकारी दिनुभयो। उहाँले नागरिकहरुलाई अँध्यारोबाट मुक्त गराउन गाउँपालिका जुटिरहेको बताउनु भयो ।

करिब सय घरधुरीलाई मध्येनजर गरी खान्डाँडाँ टोलमा टान्सर्फमर राखिएको छ ।

बत्ती उद्घाटनसँगै टोलबासीलाई मिटर समेत वितरण गरिएको छ । यता टोलबासी बषौँपछि गाउँमा बत्ती पुगेको भन्दै हर्षित भएका छन् । उनीहरुले आफ्नो टोलमा बत्ती बालेको भन्दै गाउँपालिकाका अध्यक्ष साउँद र नेपाल बिद्युत प्राधिकरण लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button