तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ७८२ ले कोरोना संक्रमण जिते

पाल्पा । पाल्पामा हालसम्म सात सय ८२ जना कोरोना संक्रमण मुक्त भएका छन । निको हुनेहरुमा सबैभन्दा बढी पुर्बखोला गाउँपालिकाका १ सय ७५ जना रहेका छन । त्यस्तै रामपुर नगरपालिकाका १ सय तीस जना, तानसेन नगरपालिकाका १ सय ७ जना, निस्दि गाउँपालिकाका ९८ जना, रम्भा गाउँपालिकाका ६६ जना, बगनासकाली गाउँपालिकाका ५४ जना, रैनादेबी छहरा गाउँपालिकाका ५० जना, माथागढी गाउँपालिकाका ४० जना, तिनाउ गाउँपालिकाका ३४ जना र रिब्दीकोट गाउँपालिकाका २८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसै बिच पाल्पामा बिहीबार थप ९ जना कोरोना संक्रमित थपिएका छन । पूर्वखोला गाउँपालिकाका २ महिला र ३ पुरुष, रैनादेवी छहराका गाउँपालिकाका २ पुरुष, रामपुर नगरपालिका र तिनाउ गाउँपालिकाका १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १०५० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button