तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा बिहीबार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीे । प्रदेश १ मा बिहीबार थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७४ महिला र १४० पुरुष गरी २१४ जनामा संक्रमण देखिएका सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९/९, रंगेली र बूढीगंगामा ७/७, पथरीशनिश्चरे र लेटाङमा ५/५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३/३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३/३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ३४, बिर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २/२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १/१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको प्रदेश १ मा आज ४१८ जना कोरोनामुक्त भएका छन् । होम आइसोलेशनबाट ३९७, कोभिड १९ आइसोलेशन केन्द्र चौदण्डीगढीबाट १४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना निको भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button