तपाईँ सुन्दै हुनुहुन्छः

गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ

झापा । झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

गौरीगंज गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षीय सुरज महतो र सोही स्थानका अन्दाजी ४० बर्षीय कृष्ण महतो आज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् ।

गौरीगंज गाउँपालिका–५ फत्तेपुर सीमा नजिकबाट कोरेक्स २६ बोतल, हाईट्रोभेट ट्याव्लेटसहित साईकलमा नेपालतर्फ आउदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसहित बरामद गरिएको लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय गौैैरीगंजमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button