तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्कटका कारण मठमन्दिरमा दर्शनार्थीको कमी 

भोजपुर । दशैको सुरुवातसँगै भोजपुरका मठमन्दिरहरूमा गएर पूजा पाठ गर्ने दर्शनार्थीहरुको सङ्ख्यामा यो बर्ष कमी आएको छ ।
नेपालमा समेत दिनप्रति दिन कोरोना संक्रमित बढ्दै जान थालेसँगै दशैको समयमा मठमन्दिरहरूमा जाने भक्तजनहरूको समेत कमी आएको हो । विगतका वर्षहरूमा मन्दिरमा पूजा गर्न समेत लाइनमा बस्नु पर्ने अवस्था थियो, यो बर्ष भने छिटफुटरुपमा मात्र मठमन्दिरहरूमा दर्शनार्थीहरुको आउने गरेको स्थानीय युवा सञ्जीव कार्कीले बताउनु भयो । कार्कीले भन्नु भयो “सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिरमा त दर्शनार्थीहरुको सङ्ख्या कम छ, जिल्लाका अन्य मन्दिरहरूमा त के चहलपहल होला र ।”
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को प्रकोप बढ्दो क्रममा रहेको भन्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले समेत नियमित पूजा बाहेक सामूहिक रूपमा भेला भएर गरिने पूजा, भजन कीर्तन र प्रार्थना जस्ता कार्यहरूमा रोक लगाउने निर्णय गरे पछि भक्तजनहरूको सङ्ख्यामा झन् कमी आएको हो ।
मन्दिर जाँदा र आउँदा समेत सावधानी अपनाउनु पर्ने र भिडभाड पनि गर्न नहुने भएकाले गर्दा नै यो बर्ष मन्दिरहरूमा दर्शनार्थीहरुको कमी आएको भोजपुरवासी राजीव श्रेष्ठले बताउनु भयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button