तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका जनप्रतिनिधिहरुले दशै भत्ता कोरोना कोषमा जम्मा गर्दै

पर्वत । देशको बिकास गर्छु भन्ने प्रणका साथ निर्वाचित जनप्रतिनिधिहरु कोरोनाले जनतालाई सास्ती बनाएको बेलामा पनि दशै भत्ता बुझेको भनि सर्वत्र आलोचना भैरहेका बेला पर्वतका जनप्रतिनिधिहरुको भने फिर्ता गर्ने लहर नै चलेको छ ।

संघ र प्रदेशमा फिर्ता गरेका समाचार आइरहदा पर्वतका स्थानिय तहहरुले पनि धमाधम चाडपर्व भत्ता फिर्ता गर्न थालेका छन । कुश्मा नगरपालिकाका जनप्रतिनिधिले चाडपर्वको भत्ता कोरोना कोषमा जम्मा गर्न थालेका हुन ।

कुश्मा नगरपालिकाका नगर प्रमुख र तिन जना वडा अध्यक्षले कोरोना कोषमा रु १ लाख १० हजार रुपैया जम्मा गरेका हुन । कोरोना भाईरसको महामारीको यस्तो अवस्थामा कुश्मा नगरपालिकाका केहि जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । रकम जम्मा गर्नेमा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, वडा अध्यक्षहरु क्रमश, शिव पौडेल, देबेन्द्र सुबेदी र सुबास चन्द्र पौडेल रहनु भएको छ ।

महामारीका वेला जनप्रतिनिधिले चाडपर्व भत्ता लिन सुहाउँदो नभएको भन्दै आफूले पाएको २५ हजार रुपैयाँ कोभिड कोषमा जम्मा हुने गरी फिर्ता गरेको कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवाको अध्यक्ष शिव पौडेलले बताउनुभयो । कोरोनाको प्रभावले राष्ट्रिय अर्थतन्त्रमा समेत असर पारेको समयमा संक्रमितहरुको उपचार र राहतमा सहयोग मिलोस भन्ने उद्धेश्यले आफुहरुले पाउने रकम पुन राज्यकै कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।

यसले कोरोना संक्रमितको उपचारमा केहि सहज हुने विश्वास जनप्रतिनिधि हरुको रहेको छ । कुश्मा नगरपालिकाले जनाए अनुसार हालसम्म नगर प्रमुख र तिन जना वडा अध्यक्ष बाहेक अरू जनप्रतिनिधिले भत्ता फिर्ता गरेका छैनन् । कुश्मा नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button