तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४२ जना डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २५ पुरुष र १७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३ सय ५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा कोरोना निको हुने दर ८०.०३ रहेको छ । आइसोलेसनमा ५ सय ५८ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button