तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जको वडास्तरमा तोकिए कोरोना फोकल पर्सन


बाँके । नेपालगञ्जमा कोरोना संक्रमित व्यक्तिहरुलाई होम आइसोलेसनमा बस्न तथा आइसोलेसनमा बस्नका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बस्न चाहने वा बिभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसनमा बस्न समन्वय गर्नका लागि वडास्तरमा फोकल पर्सन तोकिएको हो ।

सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमा समेत बस्न सक्ने मापदण्ड बनाएको छ । यस अनुसार जिल्लामा पनि होम आइसोलेसनमा बस्नेहरुको संख्या धेरै छ । यसरी होम आइसोलेसनमा बस्दा वडास्तरीय कोरोना फोकल पर्सनसंग समन्वय गरेर बस्न सजिलो बनाउन र आइसोलेसनमा बस्नका लागि वडास्तरमै यस्तो व्यवस्था गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट तेज बहादुर वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button