तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारीलाई कोरोना संक्रमण

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीलाई नै कोरोना संक्रमण देखिएको छ । कोरोना सम्बन्धि पत्रकार, सरकारी निकाय, सुरक्षाकर्मीलाई दैनिक सूचना अध्यावधिक गराउने व्यक्तिलाई नै कोरोना संक्रमण भएको छ ।

अरूलाइ कोरोना सम्बन्धि दैनिक सूचना दिने व्यक्ति नै कोरोनाको संक्रमित भएका हुन । कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर कार्यसम्पादन गर्दै आउनुभएको थियो । पन्थीलाई पाल्पा अस्पतालको कोभिड परीक्षण ल्यावमा कोरोना परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पन्थी कोरोना महामारीको समयमा समेत गाउँ गाउँमा सचेतना मूलक कार्यक्रम, तालिम, अभिमुखीकरण लगायतका काममा खट्दा कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ ।पन्थीले कार्यालयको आइसोलेशनमै रहेर कोरोना सम्बन्धि दैनिक सूचनाहरु दशैंको समयमा समेत अपडेट गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button