तपाईँ सुन्दै हुनुहुन्छः

कृषकहरू बेमौसमी तरकारी खेतितर्फ आकर्षित बन्दै

सल्यान । जिल्लाको कालीमाटी गाउँपालिकाका कृषकहरू बेमौसमी तरकारी तर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानी र कम जमिनमा मनग्य आम्दानी गर्न सकिने भएपछि कृषकहरू बेमौसमी तरकारी तर्फ आकर्षित हुन थालेका हुन् ।

मौसमी खेती भन्दा बेमौसमी तरकारी खेती गर्दा तरकारीले राम्रो मूल्य पाउने र बजारको पनि अभाव नहुने गरेको कालीमाटी गाउँपालिका २ की कृषक खुमा भण्डारी पंगालीले जानकारी दिइन । उनले भनिन विगतमा वर्षहरूमा त हामीले मौसमी तरकारी खेती गर्दै आई रहेका थियौ, बजारमा मूल्य नहुँदा घाटा खाएर भएपनि बिक्री गर्न बाध्य हुन्थ्यौ, तर बेमौसमी तरकारी खेती गर्न थालेपछि राम्रै आम्दानी हुँदै आइरहेको छ ।

मौसमी तरकारी खेती गर्दा विगतका वर्षमा बर्सभरिमा ५०, ६० हजार आम्दानी लिन पनि निकै गाह्रो हुन्थ्यो तर बेमौसमी तरकारी खेती गर्न थालेपछि एक वर्षको बिचमा सबै खर्च कटाएर २ लाख आम्दानी भएको पंगालीले बताइन । १ रोपनी तरकारी खेतीबाट सुरु गर्नु भएकी पंगालीले हाल आएर ७ रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गर्दै आइ रहेकी छन् । मौसमी खेती भन्दा बेमौसमी तरकारी खेतीमा निकै फाइदा हुँदो रहेछ । उनले भनिन बेमौसमी तरकारी खेती गर्दा रोग किराको संक्रमण धेरै देखिने रहेछ तर विभिन्न जैविक विषादीको प्रयोग गरी एक रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले आएर ७ रोपनीसम्म पु¥याउन सफल भएकी छु ।

यस्तै बेमौसमी तरकारी खेतिवाट राम्रो आम्दानी गर्दै आएको कालीमाटी गाउँपालिका वडा नं। २ का कृषक पूर्ण प्रसाद खनाले बताए । उनले भने पहिले आफूले आम्दानीको स्रोत भनेको गाउँमा नभई भारतको सिम्ला थियो , आफ्नो गाउँ ठाउलाई वास्ता नगरी घर छोडेर जानु परेको थियो तर गाउँमै बसेर पनि राम्रो आम्दानी लिन सकिने भएपछि तरकारी खेती तर्फ लागेको हुँ , यही तरकारी खेतीबाट आजभोलि मैले ५ जनाको परिवार पाल्दै आइरहेको छु । नेपालका युवाहरू वैदेशिक रोजगारीको लागी विदेश पलायन भइरहेको बत्ताउँदै उहाँले आफ्नै गाउला पनि पसिना बगाउन सक्ने हो भने सुन फलाउन सकिने भनाई रहेको छ ।

यस्तै सोही गाउँ निवासी ६४ बर्षीय इन्द्रलाल भण्डारीले पनि आफ्नो आम्दानीको श्रोत पहिले विदेश भएको बत्ताउँदै घर परिवारलाई छोडेर काला पहाड जाँदै आफ्नो घर व्यवहार चलाएकोले अहिले आफ नै घरमा उत्पादन गरेका तरकारी नै आम्दानीको स्रोत भएको बताए । उनले भने आफ्नो घरमै पहल कार्यक्रम सञ्चालन भएपछि सबै गाउँका कृषकहरू आत्मनिर्भर मात्र नभई राम्रो आम्दानीको स्रोत पनि बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button