तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनको मूल्य समयमै निर्धारण गर्न नसक्दा बिचौलिया हाबीः मन्त्री भुसाल

रुपन्देही । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले श्रम र उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसकेसम्म कृषि क्षेत्र अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।
किसानको उत्पादन मूल्य समयमै निर्धारण गर्न नसकेका कारण बिचौलियाको मनोमानी बढेको र वास्तविक किसान तथा उपभोक्ता मर्कामा परेको उहाँको भनाइ थियो ।
गृह जिल्ला रुपन्देहीमा आज उद्योग व्यापार सङ्गठनको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भुसालले सरकारले यही विषयमा आधारित बनेर किसानमुखी योजना बनाइरहेको बताउनुभयो ।
व्यक्तिगत रूपमा दिने अनुदानलाई हटाउने, किसानलाई वित्तीय पहुँचमा पु¥याउने र अब सहकारीलाई किसानको उत्पादन किन्न लगाइने योजना बनाएको मन्त्री भुसालले बताउनुभयो  ।
नेपालमा किसानले उत्पादन बढाउन नपाउँदासम्म उद्योग अगाडि बढ्न नसक्ने बताउनुभएको छ । कृषिको समस्या समाधान गर्न नसकिएसम्म उद्योगले खुट्टा टेक्न नसक्ने उहाँको भनाइ थियो ।
उद्योगी व्यससायीहरुलाई अबको समय आयात गरेर बिक्री वितरण गर्ने भन्दा उत्पादनमूलक कृषिमा ध्यान दिन मन्त्री भुसालले आग्रह गर्नुभयो ।
तीनै तहका सरकारले समन्वय गरेर कृषि क्षेत्रको विकासका लागि विशेष योजना बनाइरहेको बताउँदै उहाँले त्यसको कार्यान्वयनमा सङ्घीय सरकार लागिरहेको बताउनुभयो ।
नेपाली मिडियामा कृषिको विषय धेरै नसमेटिएको बताउँदै उहाँले राजनीतिक भेटघाटका विषयवस्तुभन्दा व्यावसायिक कृषिको विकासका समाचारलाई प्राथमिकता दिन सञ्चार कर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button