तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ५६ पुग्यो

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको आज शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

फोक्सोका दीर्घ रोगीसमेत रहनुभएको उहाँ कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार उहाँको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ र लुम्बिनी प्रदेशमा १४१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button