तपाईँ सुन्दै हुनुहुन्छः

२ करोड २२ लाख लगानीमा बैजनाथमा सिल्की राइस मिल सञ्चालनमा


बाँके । बैजनाथमा गाउँपालिकामा संचालन हुदै आएको एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको छ । २ करोड २२ लाखको लगानीमा ल्याइएको उक्त राइस मिल सहकारी बिभागको साझेदारीमा संचालन भइरहेको छ । धान उत्पादन प्रशोधन तथा बजारीकरण आयोजना अअन्र्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो ।

सिल्की राइस मिलको औपचारिक रुपमा शुक्रबार लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडलेले उद्घघाटन गर्न‘भयो । मन्त्री पौडेलले प्रदेश सरकारले उत्पादनमा आधारित जुनसुकै काममा पनि सहकार्य गर्न आतुर रहेको कार्यक्रममा जानकारी गराउनुभयो । मन्त्री पौडेलले हाल सरकारले प्रति केजी खसी मा २५ रुपौया र दुधमा प्रति लिटर २ रुपैया अनुदान दिइरहेको जानकारी गराउदै नेपालको सविधानले प्रत्याभूत गरेका अधिकार प्रयोग गर्दै समाजवादको उदेश्य सहकारी नीति बाट मात्र सम्भव हुने जिकिर गर्नुभयो ।

मन्त्री पौडेलले आन्दोलन र धर्ना गर्ने समय समाप्त भएको बताउदै आम नागरिक अब उत्पादनमा केन्द्रित हुन र संविधान प्रदत्त अधिकार उपभोग गर्न आह्वान गर्नुभयो । कृषकहरुको ऋण मिनाह कार्यक्रमका लागि १५ अर्ब रुपैया लुम्बिनी प्रदेशले विनियोजन गरेको बताउदै यसको उपभोगले आमकृषहरुलाई सहज तुल्याउन सहकारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले स्थानीय सरकार सहकारी नीतिलाई अगाल्दै उत्पादन र बैज्ञानिकरणमा जोड दिदै आएका बताउनुभयो । सहकारी मार्फत समयमै विउ र मल्लको व्यवस्थापन १ वडा १ सहकारी लाई स्थानीय सरकारले अनुमति दिइ आम कृषि पेशामा आवद्ध नागरिकहरुलाई छिटो छरितो विउ मल उपलब्ध गराउने नीति लिएको जानकारी गराउनुभयो । सहकारी संगको समन्वयका लागि आर्थिक वर्षमा ४० लाख रकम स्थानीय सरकारले विनियोजन गरेको जानकारी दिनुभयो ।

नेपाल केन्द्रिय कृषि संघका अध्यक्ष खेम पाठकले बाँके देश भर बाट उत्कृष्ट जिल्ला रहेको औल्याउनुभयो । उहाँले नेपालमा हाल यस खालका सहकारीका माध्यमबाट सिल्क राइस मिलको संख्या ८ वटा पुगेको बताउदै एभरेष्ट सहकारीलाई धन्यवाद दिनुभयो ।

पाठकले सहकारीबाट दुध उद्योग, चिया उद्योग, दाना उद्योग लगाएत उत्पादन भइरहेको बताउदै यसको बजारीकरण समेत सहकारीले गरी रहेको जानकारी गराउनुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै राष्टिय सहकारी बैक संचालक समिति सदस्य विजया धितालले आम कृषि पेशामा आवद्ध नागरिकहरुको आर्थिक तथा सामाजिक विकासमा सहकारीले खेल्ने भूमिकामा स्थानीय प्रदेश र संघ तीनै तहका सरकारले विशेष नीति र बजेट ल्याउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा एभरेष्ट कृषि सहकारी संस्थाका अध्यक्ष देव बहादुर केसीले कृषकलाई सरकारले नै तोकेको मुल्यमा धान खरिद गरिएको बताउँदैे हाल सम्म ५ लाख ४६ हजार ८ सय ३९ केजी धान १ करोड २५ लाख ५७ हजार ६ सय ८७ रुपैयाको खरिद गरिएको जानकारी दिनुभयो । उहाँले राज्यको नीति भित्र रहेर सहकारीले आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको बताउदै भविष्यमा थप उद्योग तथा आम कृषकहरुलाई नाफामा लैजान नेपाल सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

एभरेष्ट कृषि सहकारी संस्था लि. ले ४० प्रतिशत अनुदान ६० प्रतिशत सहकारीको लगानीमा कूल २ करोड २२ लाखको लगानीमा उक्त सिल्क राइस मिल संचालनमा ल्याएको हो । सहकारीले कुल लगानीमा हाल सम्म मिलको भवनमा ५६ लाख मेसिन जडान ७० लाख विजुली लाईन ५ लाख खर्च गरिएको एभरेष्ट कृषि सहकारी संस्थाका कार्यकारी निर्देशक माधव रिजालले जानकारी गराउनुभयो । रिजालले हाल सम्म नेपाल सरकार सहकारी विभाग संग ५७ लाख पेश्की लिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button