तपाईँ सुन्दै हुनुहुन्छः

दशैं बिदाः प्रमुख प्रशासकीय अधिकृत पार्क सरसफाईमा व्यस्त

बर्दिबास । महोत्तरीको बर्दिबासका एक जना राष्ट्रसेवक प्रमुख प्रशासकीय अधिकृत दशैंको बिदामा घर आएको बेला पर्यटकीय पार्क सरसफाई तथा सौन्दर्यकरण गर्न व्यस्त छन् ।

बर्दिबास नगरपालिका–३ कालापानीमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की एक सातादेखि बिहानदेखि अबेर साँझसम्म खटिन्छन् ।

घ्याङ्गलेक गाउँपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका कार्कीले दशैंको बिदालाई समाजिक कार्य गरेर सदुपयोग गरिरहेका छन् ।

चार वर्षअघि बर्दिबास नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बेला उनले कालापानीस्थित सामुदायिक वनमा पर्यटन प्रवद्र्धनको अभियानको थालनी गरेका थिए ।

बर्दिबास नगरपालिकाको करोंडौ आर्थिक सहयोगमा त्यहाँ पोखरी, पिकनिक स्पोर्ट लगायतको संरचनाहरु निर्माण गरिएको छ ।

अधिकृत कार्कीले आफ्नी धर्मपत्नी स्वः राधा खत्री कार्कीको ४५ औं दिनको पूण्यतिथिको अवसरमा पार्कमा चार जोडी वर–विपलको बोट समेत रोपेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button