तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीमा कोरोना संक्रमण, म्याग्दे गाउँपालिका थप ३ दिन बन्द हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका थप ३ दिन बन्द रहने भएको छ ।

केही कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिका तीन दिनका लागि बन्द गरिएको गाउँपालिकाले सूचना जारी गरेको छ ।

कन्टयाक्ट ट्रेसिङका लागि गाउँपालिकाको ७ वटै वडा बन्द गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सो अवधिमा अत्यावश्यक बाहेक अन्य सेवा पुर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button