तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा औषधी पसल गर्ने केसी मृत फेला

पर्वत । पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा औषधी पसल सञ्चालक आफ्नै औषधी पसल भित्र मृत अवस्थामा फेला परका छन् । कार्तिक ८ गतेदेखि बेपत्ता रहेका चेतन औषधी पसलका सञ्चालक चेतन केसीको आज बिहान पसल भित्रै शव फेला परेको हो ।

उनी बेपत्ता भएपछि खोजी भइरहेको थियो । स्थानीय दिपेन्द्र लामिछानेका अनुसार पसल बाहिरबाट बन्द भएकोले पसल खोलेर हेरिएको थिएन । आज प्रहरी र स्थानीयबासीहरुले ढोका फोडेर हेर्दा केसी पसल भित्रै मृत अवस्थामा फेला पारेको लामिछानेले जानकारी दिनुभयो । उनले आत्महत्या गरेको आशङ्का गरिएको छ । प्रहरीले थप अनुसन्धान सुरु गर्ने प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button