तपाईँ सुन्दै हुनुहुन्छः

गृहले माग्यो १०० जना अपरेटर, पारिश्रमिक दिनको १२ सय

काठमाडौं ।गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पदका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। योग्यता पुगेका आवेदकहरुले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुने सूचनामा उल्लेख छ ।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् र आवेदन दिन पैसा लाग्दैन।काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button