तपाईँ सुन्दै हुनुहुन्छः

कौडा खेलिरहेका अवस्थामा तीन जना पक्राउ

बर्दिवास । महोत्तरीबाट कौडा खेलिरहेका अवस्थामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मनरासिसवा नगरपालिका–७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले बताउनुभयो ।

शनिवार एकाबिहानै ४ बजे कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई तीन लाख ३२ हजार नौ सय ६० रुपैयाँसहित मनरासिसवा नगरपालिका–६ बाँसघारीबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । उहाँका अनुसार कौडा खेलिरहेका अन्य दुई जना फरार भएका छन् ।

पक्राउ परेका तीनै जनामाथि जुवा मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button