तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बाराका २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा,र बाराका २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको एक सय ९५ जनाको स्वाब परिक्षण गर्दा पर्साका पाँच र बाराका १६ जना गरी थप २१ जनामा कोरोना सङ्क्रमण भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्साका एक् सय सात जनाको पिसिआर परीक्षण गर्दा पाँच जनामा सङक्रमण पुष्टि भएको र ती मध्ये अधिकांश बीरगंजकै रहेको डा.चौरसियाले बताउनुभयो ।

सङ्क्रमित हुनेमा बीरगंज महानगरपालिका वडा नम्बर १०, १३, १५ र १६ मा एक÷एक जना रहेका छन् । पर्साको ग्रामिण क्षेत्र पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ मा पनि एक जनामा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिनुभयो ।

यस्तै बाराबाट प्राप्त ८८ जनाको स्वाब परिक्षण गर्दा जिल्ला प्रहरी कार्यलय बाराका एक प्रहरी जवानसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसिया जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएकाहरु पाँच वर्षदेखि ६२ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २२ देखि ३२ सम्म रहेको डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button