तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य तथा पेय पदार्थमा अत्यधिक मिसावट

सुर्खेत । बजारमा वितरण हुने खाद्य तथा पेय पदार्थमा अत्यधिक मिसावट हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले गरेको अनुगमनका क्रममा बजारमा वितरण हुने प्रशोधित पानी, दुग्ध पदार्थ र खाद्य पदार्थमा मिसावटको मात्रा उच्च रहेको पाइएको हो ।

कमजोर बजार अनुगमन र फितलो कारबाहीको फाइदा उठाउँदै व्यवसायीले गुणस्तरहीन उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । गुणस्तरहीन उत्पादनले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पार्ने गरेको छ ।

पछिल्लो आठ महिनामा डिभिजनले गुणस्तरहीन खाद्य तथा पेयपदार्थ उत्पादन गर्ने ३ वटा उद्योगविरुद्ध कारबाहीका लागि सिफारिस गरेको हो । न्यून गुणस्तरका वस्तु उत्पादन पाउरोटी लगायत डेरी, पानी उद्योगलाई सुधार गर्न सुझाव दिईएको छ ।

यस्तै, करिब ५० वढी किराना पसल तथा होटललाई चेतावनी दिइएको डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

मिसावट गरेर उत्पादन गरिएका खानेतेलको उपभोग गर्दा मानव स्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । यस्ता तेलको सेवनबाट झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौला सम्बन्धी रोग लाग्न सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button