तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठ बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट प्रहरीले अबैध काठ बरामद गरेको छ ।

अबैध काठ लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा शनिबार बेलौरी नगरपालिका वडा नम्बर ९ बाट प्रहरी टोलीले ११ फिट लम्बाई र ५.५ फिट गोलाई भएको ४२.१८ क्युफिट अबैध सालको काठ बरामद गरेको हो ।

कानुन बमोजिम बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रेञ्जर पोष्ट बेलडाँडीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button