तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट कांग्रेस महासमिति सदस्यको मृत्यु

वीरगञ्ज । कोरोना सङ्क्रमणका कारण नेपाली कांग्रेस बाराका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका टेढाकटीका ४५ वर्षीय मण्डलको आज बिहान उपचारका लागि काठमाडौं लैजादै गर्दा वीच बाटोमै मृत्यु भएको कांग्रेस बाराले जनाएको छ ।

मण्डललाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिनुभयो ।

बीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएको र उहाँलाई श्वास प्रश्वासमा समस्या भएपछि थप उपचारका लागि अस्थायी कोभिड अस्पताल नेशनल मेडिकल कलेजको होटल बाबा इन्टरनेशनलको आईसोलेशनमा लैजान चिकित्सकले सिफारिस गर्दा विरामीको आफन्तले काठमाडौं लैजाने अडान लिएपछि काठमाडौं रेफर गरिएको नारायणी अस्पतालका चिकित्सक दीपक चौरसियाले बताउनुभयो ।

उच्च रक्तचापका विरामी समेत रहनु भएका मण्डलको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button