तपाईँ सुन्दै हुनुहुन्छः

आफैले चलाएको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउपालिकामा आफैले चलाएको ट्याक्टर पल्टिदा आज विहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जगरनाथपुर गाउपालिका वडा नं २ लक्ष्मीपुर निवासी ३५ बर्षीय राम मनोहर साह रहेका छन । साह आफैले चलाएको लु३त १२१६ नम्बरको ट्याक्टर पल्टिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जगरनाथपुर गाउपालिका वडा नं ४ बाट धान खरिद गरी बीरगंज आउने क्रममा चन्द्रावती खोलाको पुलमा अचानक ट्याक्टरअनियन्त्रित भई खोलामा खस्दा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button