तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम मेयर क्रिकेट कपको पहिलो खेलमा कचोर्वा क्रिकेट क्लबको जित

बारा । बारा जिल्लाको कोल्हबीमा सुुरु भएको प्रथम मेयर क्रिकेट कपको पहिलो खेलमा कचोर्वा क्रिकेट क्लबले जितको सुुरुवात गरेको छ । उसले आफ्नो प्रतिद्धन्दी मकवानपुुर हेटौडा क्लबलाई ४७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको कचोर्वाले निर्धारित समयमा १ सय ८ रन बनाएको थियो । जवाफि ब्याटिङमा ओर्लेको मकवानपुरले हेटौडाले सबै बिकेट गुुमाई ६१ रनमा समेटिएको थियो । जित हासिल गर्दै कचोर्वा टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक विकेट लिई ४३ रन जोड्न सफल कचोर्वा क्रिकेट क्लबका नुरसैल आलम म्यान अफ दि म्याच घोषित भएका छन् । परिवर्तनका लागि युुवा समाजको आयोजनामा भईरहेको खेलमा प्रथम हुने क्लबले नगद ४१ हजार ५ सय ५५ रुपैया , सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद २१ हजार ५ सय ५५ रुपैया, सिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button