तपाईँ सुन्दै हुनुहुन्छः

पक्रैयामा एक घर एक धारा

रुकुम । रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सरसफाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमको ७८ लाख बजेट र जनश्रमदान १९ लाख गरी कुल जम्मा ९७ लाख बजेटबाट ५ वटा ट्याङ्की र कुल ५ किलोमिटरको दुरीबाट पाइपलाइन विस्तार गरिएको हो । सियाला, भण्डारबन पक्रैया चिसापानी बृहत् खानेपानी आयोजना सम्पन्न भएपछि पक्रैयाबासीको घरघरमा खानेपानीको धारा पुगेको हो ।
कर्णाली प्रदेश संसद गोपाल शर्माले उक्त खानेपानी आयोजनाको उद्घाटन गरे । सांसद शर्माले खानेपानी उद्घाटन गर्दै खानेपानीको अभावमा पक्रैयाबासी महिलाहरूले धेरै वर्षदेखिको पीडा अन्त्य भएको घोषणा गरे ।
कम्युनिष्ट सरकारले छोटो समयमै सबैको घरमा खानेपानी पर्याउन सफल भएकोमा आफु लगायत स्थानीय तथा प्रदेश सरकार खुसी भएको उनले बताए । सांसद शर्माले धेरै बर्ष देखी खानेपानीको हाहाकार अन्त्य गर्न सहयोग पुर्‍याउने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कर्मचारी सानीभेरी गाउँपालिका सरकार, उपभोक्ता समिति तथा योजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । पक्रैयाका नागरिकले यसअघि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button