तपाईँ सुन्दै हुनुहुन्छः

यूनिसेफद्वारा बाढीको समयमा उपयोगी हुने सामाग्री हस्तान्तरण

जनकपुरधाम । यूनिसेफ नेपालको सहयोगमा लाईफ नेपालले धनुषाको शहिदनगर नगरपालिकालाई बाढीको समयमा अति उपयोगी रहेका विभिन्न सामाग्री आज हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीचमा प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले नगरपालिकालाई प्रदान गरेको सामाग्रीहरुमा बाढी आउने पूर्व सूचना दिने साईरन १ थान, रब्बर वोर्ट १ थान, लाईफ ज्याकेट, डोरी सहितका सामाग्रीहरु रहेका छन् ।

नगरपालिकाका प्रमुख उदय कुमार बरबरीया यादवलाई मन्त्री यादवले ती उपयोगी सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । खास गरेर शहिदनगर नगरपालिकाले कमला नदिमा बाढी आएपछि बाढीमा परेकाहरुको उद्धार गर्दै आएकोमा ती सामाग्रीहरुवाट सो समयमा काम गर्नका मद्दत पुग्ने विश्वास गरिएको छ ।

नगरपालिकाले बाढीको समयमा काम काज गर्नका लागि राहत तथा पुर्नस्थापना केन्द्र नै स्थापना गरेर कामकाज गर्दै आएको छ ।

कार्यक्रममा प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रकृतिक प्रकोपको दृष्टिकोणले प्रदेश नंं २ उच्च जोखिममा रहेको बताउदै प्रदेश सरकारले विपतको समयमा प्रभावकारी कामकाज गर्नका लागि दीर्घकालिन रणनीति नै बनाएको जानकारी दिनु भयो ।

विपतसँग जुद्धनका लागि प्रदेश सरकारले नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई राहत तथा उद्धार एवं पुर्नस्थापनाका लागि अति आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरु प्रदान गरेको र अगामी दिनमा आवश्यक सामाग्रीहरु प्रदान गर्दै जाने पनि बताउनु भयो ।

शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरबरीया यादवले विपतको समयमा नगरपालिकालाई राहत तथा उद्धारका लागि प्राप्त भएको सामाग्रीहरु उपयोगी हुने बताउदै यसको सही प्रयोग हुने बताउनु भयो ।

लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनुषाका सभापति नरेशप्रसाद सिंह, प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झा विपतको समयमा लाईफ नेपालले गर्दै आएको कामकाजको सराहना गर्नु भयो ।

खाग गरेर कोरोना महामारीमा प्रदेश नंं २ को १ सय ३६ पालिका तथा बाढीको समयमा विभिन्न पालिकाहरुमा गरेको कामकाजको समीक्षा पनि गर्ने काम भएको थियो । आगामी दिनमा संस्थाले अझै प्रभावकारी कामकाज गर्ने विश्वास सहभागिहरुले व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button