तपाईँ सुन्दै हुनुहुन्छः

बागचौर नगरपालिका मङ्सिर ५ गतेसम्म सिल

सल्यान । जिल्लाको बागचौर नगरपालिकाका मङ्सिर ५ गतेसम्म सिल गरिएको छ ।

नगरपालिका क्षेत्रमा विशिष्ट लक्षणसहितका कोरोना भाइरस सङ्क्रमित देखा परेको भन्दै आज (बिहीबार)देखि मङ्सिर ५ गतेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकासहित वडा न २ को थारमारे बजार, बागचौर बजार, जिउला, खरिबोट बजार, शिक्षण संस्थाहरू, सरकारी तथा निजी कार्यालयहरू, वित्तीय संस्थाहरू सिल गरिएको बागचौर नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा पूर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाट्के जाने बाटोको पुल र दक्षिणमा ठिनवाङ्ग खोला पुलसम्मको क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button