तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा तिहारको रौनकः दशैभन्दा तिहारमा आर्थिक चलयमान बढी


जुम्ला । जुम्लामा यस वर्षको तिहारका लागि १५ लाख बढीका कृतिम माला ल्याइएको छ । जुम्ला सदरमुकाम खलंगाका व्यापारीले तिहारका लागि १५ लाख बराबरका कृतिम (प्लाष्टीक र जुसे) माला ल्याएका हुन् । विहीबार खलंगाका दर्जन बढी व्यापारीसंग गरिएको रिपोटीङ अनुसार गत वर्षको भन्दा ५० प्रतिशत कम माला ल्याएको पाइएको छ ।

खलंगाका मुख्य व्यापारीहरुसंग गरिएको कुराकानी अनुसार जुम्ला १५ लाख जतीको माला ल्याइएपनि तुलनात्मक रुपमा दशैभन्दा तिहारमा जुम्लाको आर्थिक गतिविधि ह्वातै बढेको बताएका छन् । माला, तिहारका सामाग्री, नयाँ कपडा, खाद्यान्न खरिद गर्नेको संख्या दशैभन्दा उल्लेखीय रहेको व्यापारी विष्णुमाया महतको भनाई छ ।

सरल सपिङ कम्पलेक्स संचालक महतले भनिन “विगतका वर्षमा तिहार सम्म फाटफुटमा स्थानीय जातको माला पाइन्थ्यो । तर यसपाली तिहार मंसिरमा परेपछि जुम्ला लगायत माथिल्लो कर्णालीमा आयाती कृतिम मालाकै तिहार मनाउनु पर्ने छ ।” कोरोनाको डरले विक्री नहुने शंका माला विगतको भन्दा कम ल्याइयो तर दिनमा २५ देखि ३० हजार सम्मको माला बिक्री भईरहेको उहाँको भनाई छ । दशै भन्दा तिहारमा आर्थिक कारोबार बढेको र ८ महिनादेखि थलिएको व्यापार क्षेत्र अलि उठेको भन्दै अन्सारीले खुसी व्यक्त गर्नुभयो ।

अर्का व्यापारी अदीबा कस्मेटीक सेन्टरका संचालक साविर अन्सारीले गत वर्ष ३ लाख बढीको माला ल्याएको यसपाली कोरोना डरले २ लाखको मात्रै माला ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो,“व्यापार राम्रो नहुने शंकामा कम माला ल्याइयो, तर दिनको ३४ देखि ४० हजार बढीको माला विक्री हुन थाल्यो । तिहार अपसिजनमा परेका जुम्ला मात्र नभई माथिल्लो कर्णालीमो कृतिम मालाको माग बढेको छ ।”

माला संगै तिहारको लागि अन्य सामाग्री किन्नहरुको भिड थेगी नसक्नु भएको समेत उहाँको भनाई छ । त्यस्तै तमन्ना कस्टमेटिकका संचालक अनिल शाहिले दशै भन्दा तिहारमा जुम्लाको अर्थतन्त्र थोरै भएपनि चलायमान भएको बताउनुभयो । दशैमा सुनसान जस्तै देखिएको जुम्ला तिहारमा कृतिम मालाले रंगीचंगी संगै व्यापार पनि राम्रो भएको उनले उल्लेख गर्नुभयो ।

व्यापार नहुने भन्दै गत वर्ष भन्दा कम माला ल्याएका व्यापारीहरु मालाको माग बढेपछि पछुताएका छन् । अपसिजन भएकाले विगतको भन्दा यस वर्ष जुम्लामा कृतिम मालाको माग बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button