तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सल्यानद्वारा देउसी भैलो खेल्न रोक

सल्यान । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले देउसी भैलो खेल्न रोक लगाउने निर्णय गरेको हो ।

प्रहरीले गाउँ गाउँमा अहिले माइकिङ गरेर देउसी भैलो नखेल्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।

कोरोना सङ्क्रमणका कारण जनजीवन प्रभावित भएपछि मेला, विभिन्न भेटघाट, भेला सम्मेलन र देउसी भैलो जस्ता सार्वजनिक गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ जानकारी दिनुभयो ।

सार्वजनिक सूचनामार्फत अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्थानीयलाई आग्रह गरिएको उहाँको भनाई छ ।

चाडपर्व आएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि वृद्धि आएको छ । कोरोना भाइरसबाट सल्यानमा एक जनाको ज्यान गइसकेको छ भने पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button