तपाईँ सुन्दै हुनुहुन्छः

चित्रगुप्त मन्दिरमा पुजा गरिएको कलम ८५ हजारमा लिलामी

सप्तरी । सप्तरीस्थित श्री चित्रगुप्त भगवानको मन्दिरमा चित्रगुप्त भगवानद्वारा पुजित कलम यस वर्ष ८५ हजार ५ साय ५५ रुपैयाँमा लिलामी भएको छ ।

विगत ४० वर्षदेखि यस्तै प्रक्रियाबाट वितरण हुँदै आएको कलम यस वर्ष राजबिराज ८ की रश्मि दत्तले उक्त रकम डाक बराबरमा अग्रता लिदै कलम हात पार्न सफल भएकी हुन । त्यसैगरी कलम बापतको रकम मन्दिरको विकास र व्यव्यस्थापनमा खर्च गरिने चित्रगुप्त सेवा समितीका अध्यक्ष अशोक कुमार कर्णले जानकारी दिनु भयो ।

सोही अवसरमा चित्रगुप्त छात्रवृति योजना २०६६ अन्तर्गत यस कायस्थ समुदायको जेहेन्दार १३ जना छात्रछात्रालाई १५ सयदेखि २ हजारका दरले उक्त छात्रवृति समेत वितरण गरेको छात्रवृति समितिका सचिव दिलिप कुमार दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button