तपाईँ सुन्दै हुनुहुन्छः

१० लाख बराबरको बिँडीसहित एक जना पक्राउ

बैतडी । भारतबाट अवैध रुपमा भित्र्याइएको १० लाख बराबरको बिँडीसहित एक जनालाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबमार्फत भित्र्याइएको १२ पेटी बिँडीसहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा बिँडी भित्र्याउने पञ्चेश्वर गाउँपालिका–१ का ३० बर्षीय राजेन्द्र धामीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसका साथै बिँडी ल्याइरहेको म१ज ३२३ नम्बरको जीप र जीपका चालक रणबहादुर दयाललाई पनि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उनीहरुलाई पञ्चेश्वर गाउँपालिका–४ स्थित सैलोडाबाट नियन्त्रणमा लिइएको हो ।

महाकाली नदीमा ट्युबको सहयताले बिनायक घाटबाट नेपाल भित्र्याइएको उक्त बिँडी मेलौली तर्फ ल्याइदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले समातेको हो ।

बरामद गरिएको बिँडी र नियन्त्रणमा लिइएको व्यक्तिलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button