तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एक चीन नीतिमा सधैं प्रतिबद्धः अध्यक्ष तिमिल्सिना

file photo

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।

आज काठमाडौँमा ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको प्रदर्शनीमा युनानका भूगोल, जनजाति र संस्कृतिसम्बन्धी ३२ तस्वीर छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button