२०७७ साल मंसिर २१ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका व्यापी फुटबल प्रतियोगिताको उपाधि चेवाल यूथ क्लबलाई

पुष्करराज बुढाथोकी २०७७ मंसिर ६ गते १४:२६

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भंगेरी डाँडास्थित खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फूटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लव पाटनले हात पारेको छ ।

भक्तपुर खेलकुद विकास समितिको आयोजना तथा वागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणको सह–आयोजनामा दुई सातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा चेवाल युथ क्लव पाटनले चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा माता पञ्चकन्या युथ क्लब दोश्रो भयो भने मिर्मिरे सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोलको अन्तरले पराजित गर्दै केन्द्रले तेश्रो स्थान हासिल गरेको गरेको थियो ।

उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरका १५ वटा समूहको सहभागिता रहेको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाले प्रथम, द्धितिय र तृतिय हुने समूह, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने चेवाल युथ क्लब पाटनलाई रु. एक लाख, दोश्रो हुने माता पञ्चकन्या युथ क्लबलाई रु. ५० हजार र तेश्रो हुने मिर्मिरे सामुदायिक अध्ययन केन्द्रलाई रु. २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अंजित ढकाल र जेनिस प्रजापति उत्कृष्ठ खेलाडी घोषित भएका थिए ।