तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी  –  कैलालीमा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका क्षेत्रका २७ जना, टिकापुर नगरपालिकाका १६ जना, गाैरीगंगा र कैलालीका एक/ एक जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button