तपाईँ सुन्दै हुनुहुन्छः

बाराको जीतपुर सिमरामा दोस्रो भेट्रान कप फुटबल हुने

रञ्जन यादब, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक कोशेली एण्ड हुलास फुटबल क्लबले पत्रकार सम्मेलन गरी बाराको सिमरामा हुुने दोस्रो भेट्रान कप फुटबल प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।

भेट्रान कप यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । १० वटा टिमको सहभागी हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ र उप बिजेताले २० हजार रुपैया पाउने बोम्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

गैरी टोलको खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनका बिच अभिषेस टेर्डिङ एण्ड सर्भिश सप्लायर्सले आयोजक क्लबलाई जर्सि हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा समाजसेवी दिपक भण्डारीले ४ थान बल आयोजकलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button