तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा हालसम्म २२ हजार २६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

रुपन्देही । लुम्बिनी प्रदेशमा हालसम्म २२ हजार २६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ हजार २५१ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले दुई हजार ८६२ जना सक्रिय सङक्रमित रहेका छन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेलका अनुसार सङ्क्रमणबाट प्रदेशमा दुई सय ५१ जनाको मृत्यु भएको छ ।

डा. पौडेलले प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा हालसम्म २३ करोड १८ लाख ७४ हजार रुपैयाँ जम्मा भएकोमा २१ करोड ८४ लाख १० हजार रुपैयाँ खर्च भएको बताउनुभयो ।

प्रदेश सरकारले कोभिड–१९ को उपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणमा चालेका प्रयासबारे जानकारी दिंदै यस्तो बताउनुभएको हो ।

प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवामा २ तथा दाङ र बाँकेमा एक एक गरी ४ वटा कोरोना विशेष अस्पताल संचालन गरेको छ ।

त्यसैगरी विभिन्न स्थानमा आइसोलेसन सेन्टरहरु निर्माण गरी कोरोनाको उपचार र व्यवस्थापन गरिरहेको जानकारी दिँदै डा. पौडेलले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गरेमा कोभिड १९ नियन्त्रण गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button