तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

तुलसीपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म सधँै गुटको विपक्षमा हुन्छु” , उहाँले भन्नुभयो, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।

उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भन्नुभयो   उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र  सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button