तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका १४ सहित ४० वटा सहकारीले पाए पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम

रुपन्देही । लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशका १४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् ।

लुम्बिनी प्रदेशबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास रहेका छन् ।

यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिमबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी रहेका छन् ।

गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।

त्यसैगरी बागमती प्रदेशका १४ वटा, गण्डकी प्रदेशका ५, कर्णाली प्रदेशका ३, प्रदेश १ का ३ र प्रदेश २ का एउटा सहकारीले यो ब्राण्ड पाउन सफल भएका छन् । सुदूरपश्चिम प्रदेशबाट कुनै पनि सहकारीले यो ब्राण्ड पाउन सकेनन् ।

नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष दिँदै आएको छ ।

सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button