तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवास्थित भिम अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सियारी गाउँपालिका ४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको सो अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । बिरामीको शनिबार दिउँसो मृत्यु भएको डा. पोख्रेलले बताउनुभयो ।

यो संगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button